चितवनः नेपाली कांग्रेसको १५औं महाधिवेशन नजिकिँदै गर्दा नवलपुर जिल्लामा सबै तहका पदहरूमा आकांक्षीहरूको लर्को नै लागेको छ।  पुरानोदेखि नयाँ पुस्तासम्म  प्रदेश, क्षेत्रदेखि महाधिवेशन प्रतिनिधिसम्म आकांक्षीहरू दिनानुदिन बढेका छन् । एकातिर लामो विरासत बोकेका आकांक्षीहरू मैदानमा छन् भने अर्कोतर्फ नयाँ सोच नयाँ विचार र  स्पष्ट दृष्टिकोण बोकेका युवाहरू मैदानमा देखिएका छन्  । नेपाली कांग्रेसको  विशेष महाधिवेशनले देशव्यापी जागरण ल्याएपछि कांग्रेसभित्र आन्तरिक लोकतन्त्रलाई मजबुत बनाएको बताएको छ ।

नवलपुर जिल्ला लामो समयदेखि नेपाली काङ्ग्रेसको  सुरक्षित स्थानका रूपमा लिइन्थ्यो गत फागुनमा सम्पन्न संसदीय निर्वाचनमा नेपाली कांग्रेसले आफ्नो विरासत गुमाएको यो ठाउँ यतिखेर भने पन्ध्रौँ महाधिवेशनको रौनकले निकै तताएको छ। लामो समयदेखि नेपाली कांग्रेसको गढका रूपमा मानिने यस क्षेत्रको भोलिका दिनमा कांग्रेसले पार्टीलाई कसरी मजबुत बनाउँछ त्यो भने हेर्न बाँकी छ।

महाधिवेशनको संघारमा नवलपुर क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिका रुपमा आफ्नो उम्मेदवारी प्रस्तुत  गरेका एकजना उम्मेदवार  नारायण काफ्ले पेशाले पूर्व शिक्षाकर्मी, उद्योगी र  सञ्चारकर्मीसमेत हुन् । नेपाल पुस्तक तथा स्टेसरी व्यवसायी महासङ्घ केन्द्रीय सचिवको भूमिका सफलतापूर्वक  निर्वाह गरिसकेका  काफ्लेले थुप्रै सङ्घसंस्थाको सफल नेतृत्व गरिसकेका छन्।  काङ्ग्रेसभित्र नवीन सोच

भित्र्याउनुपर्ने कुरा बताएका छन् । नेपाली कांग्रेसको उर्वर स्थल  नवलपुरकाे विरासतलाई जोगाउन नयाँ संकल्प  र दृष्टिकोण आवश्यक रहेको छ । परम्परागत शैलीबाट नवलपुर कांग्रेसको अस्तित्व रक्षा हुन सक्दैन अब नयाँ चिन्तनले ठाउँ पाउनुपर्छ जनतामाझ स्पष्ट दृष्टिकोण र  रूपान्तरणको विचार लिएर कांग्रेस  अगाडि  बढ्नुपर्ने बताएका छन् । आजको युग एआइको  युग हो अब हामीले कांग्रेसभित्र नवीन  चिन्तन जन्माउनुपर्छ समयानुकूल जनताको भावना बुझेर नेपाली कांग्रेसलाई अझ सुदृढ र  सशक्त बनाउनु जरुरी छ ।  विशेष महाधिवेशन मार्फत नेपाली काङ्ग्रेसले आफूलाई नवीन मार्गमा रूपान्तरित गरेता पनि पन्ध्रौँ महाधिवेशनमा यसको अनुमोदनका लागि गाउँ गाउँबाट नयाँ सोच र प्रष्ट दृष्टिकोण भएका युवाहरू महाधिवेशनमा जानु जरुरी छ।  मसँग नवलपुर कांग्रेस रूपान्तरणको स्पष्ट दृष्टिकोण छ उहाँले बताउनु भयो । उहाँले भन्नुभयो “व्यक्तिगत र गुटगत स्वार्थभन्दा माथि उठेर सामूहिकताभित्र एकत्रित भावनाको विकास गर्नु जरुरी छ । आज देशभरिबाट ऊर्जाशील युवाहरूको अभिमत नेपाली कांग्रेसको महाधिवेशनमा प्रस्तुत हुँदैछ । म फरक दृष्टिकोण र नवीन चिन्तनसहित नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधिका रुपमा आफूलाई प्रस्तुत गरेको हुँ ।”

राजनीतिक हिसाबले काफ्ले नवलपुरको चर्चित अनुहार नभएतापनि साँच्चै उनका प्रष्ट विचार नवीन दृष्टिकोणले काङ्ग्रेसभित्र नयाँ बहस थालेको छ । नवलपुर कांग्रेसको गत निर्वाचनलाई हेर्दा पात्र र प्रवृत्तिमा आमूल परिवर्तनको खाँचो छ। काफ्ले जस्ता स्पष्ट विचार नवीन चिन्तनलाई नवलपुर कांग्रेसले  चिन्यो भने नवलपुरको कांग्रेसभित्र नयाँ चिन्तन नयाँ पद्धति र दृष्टिकोण सहित नवलपुरको विरासत पुनस्थापित हुने सक्छ । नवलपुर जिल्लाको १० गते गर्ने भनिएको क्षेत्र र प्रदेशको अधिवेशन १२ गतेलाई सारिएको छ।

प्रतिक्रिया दिनुहोस !