चितवनः भरतपुर महानगरपालिका–४ निवासी गोविन्द कंडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवारी दिने तयारीमा छन् । तरुण दलको सदस्य हुँदै राजनीतिक यात्रा सुरु गरेका कंडेलले युवाको सहभागिता र सामाजिक सेवामा आफूलाई सक्रिय बनाउँदै आएका छन् ।
कंडेलले भरतपुर महानगरपालिका–२६ बाट आफ्नो राजनीतिक यात्रा अघि बढाएका हुन् । राजनीतिक गतिविधिसँगै विभिन्न सामाजिक संघसंस्थामा समेत सहभागिता जनाउँदै आएका उहाँ युवा पुस्ताको प्रतिनिधित्व गर्दै पार्टीको महाधिवेशनमा सहभागी हुने तयारीमा छन् ।
युवा पुस्तालाई राजनीतिमा सक्रिय बनाउँदै सामाजिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई पार्टीको नेतृत्व तहमा अवसर दिनुपर्ने धारणा कंडेलको छ । उहाँले युवाको सक्रिय सहभागिताले संगठनलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
तरुण दलको राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका कंडेलले आगामी दिनमा पनि राजनीति र सामाजिक सेवामार्फत जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भए युवाका मुद्दा, सामाजिक विकास र संगठन सुदृढीकरणका विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने उहाँको भनाइ छ ।
युवा पुस्ताको सहभागिता बढाउन सामाजिक क्षेत्रमा सक्रिय र राजनीतिक अनुभव भएका युवालाई महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढाउनुपर्नेमा उहाँले जोड दिएका छन्।





