चितवनः नेपाली काग्रेसको आसन्न १५ औ महाधिबेशन अन्तर्गत वडा अधिबेशनमा महानगरपालिका सभापतिका आकांक्षी बुद्विकान्त न्यौपाने क्षेत्रीय प्रतिनिधमा निर्वाचित हुनुभएको छ। आज सम्पन्न भरतपुर महानगरपालिका वडा नम्बर ६ को अबिधेशनबाट उहाँ क्षेत्रीय प्रतिनिधिको रुपमा निर्वाचित हुनुभएको हो ।
प्रजातन्त्रका सेनानी स्वर्गिय चन्द्रकान्त न्यौपानेका छोरा एबं महानगरपालिकाका कार्यवहाक सभापतिको रुपमा काम गनरी सक्नु भएका न्यौपाने १५ औं महाधिबेशनमा क्षेत्रीय प्रतिनिधिका रुपमा निर्वाचित भए संगै महानगर सभापतिका लागि दौडमा हुनुहुन्छ । पार्टीमा इमान्दार कार्यकर्ताको रुपमा रहनु भएको न्यौपाने आम मतदातको बिचमा रुचाईएका उम्मेद्वारको रुपमा रहनुभएको छ ।
नेपाली काँग्रेसको हरेक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्बाह गर्दै आउनु भएका न्यौपानले आँफु नगर सभापति भएपछि कामहानगर काँग्रेसलाई अझै शसक्त वनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गनुभयो ।






