चितवनः नेपाली काँग्रेस चितवनले १५ औं महाधिबेशन अन्तर्गत वडा अधिबेशनहरु शनिबार देखि सुरु गर्ने भएको छ । जिल्ला अधिबेशनको तयारी स्वरुप असोज ३ र ४ गते वडा अधिबेशनहरु गर्न लागिएको हो ।
नेपाली काँग्रेस चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी वडा अधिबेशनका लागि ९८ वटै वडामा बृहत वडा बैठक आयोजना गर्न पत्राचार गरेको जनाएको छ । यस्तै असोज ७ गते पालिका, १० गते प्रदेश सभा तथा क्षेत्रीय अधिबेशन गर्ने भएको छ । जिल्लामा रहेका २७ हजार ५०० क्रियाशिल सदस्यहरु सहभागी हुने अधिबेशनमा समाबेशी प्रतिनिधित्व र नयाँ पुस्ताको सहभागिता सुनिश्चित गर्ने छ ।
जस अन्तर्गत ९८ जना महिला वडा उपसभापति, १८९ जना युवा पुस्ता वडा कार्यसमितिमा सुनिश्चि गरेको नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्यक वडामा कम्तिमा एक जना दलित सदस्यको प्रतिनिधित्व अनिर्वा गरिएको छ । महिला, दलित तथा युवा सुमदायको अर्थपूर्ण सहभागिता र नेतृत्व बिकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
वडा अधिबेशनले वडा कार्यसमिति सहित जिल्लाभर ३ हजार १०० जना क्षेत्रीय प्रतिनिधि चयन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो । ति प्रतिनिधिले पालिका कार्यसमिति,प्रदेश क्षेत्रीय कार्यसमिति, बागमती प्रदेश प्रतिनिधि, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, महाधिबेशन प्रतिनिधि, महासमिति सदस्य तथा जिल्ला कार्यसमिति चयन प्रकृयामा सहभागि हुने सो अबसरमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा निर्वाचन अधिकृत देव बहादुर महतले निर्वाचन प्रकृयाका बारेमा जानकारी गराउनुभएको थियो । जिल्ला अधिबेशनलाई लोकतान्त्रीक मूल्य मान्यता, पार्टीको निर्वाचन बिधि अनुसार गरिने उहाँले बताउनुभयो ।






