चितवनः कर्मचारी मिलन केन्द्र चितवनले बाढी पिडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको छ । कोषको खातामा रु ५१ हजार १११ जम्मा गरिएको हो ।

संस्थाका अध्यक्ष पूण्यबिक्रम खण्डकाले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित वनेका नागरिकहरुलाई सहयोग पु¥याउने उद्धेश्यले उक्त रकम कोषमा जम्मा गरिएको जानकारी दिनुभयो । सरकारी कर्मचारीहरुले आफ्नो तलबबाट राहत कोषमा रकम जम्मा गर्ने गरी निर्णय भईसकेको छ । यसका अतिरिक्त संस्थाबाट समेत सहयोग गरिएको उहाँले बताउनुभयो ।

जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख सहित कर्मचारीहरु केन्द्रका सदस्य हुने गर्दछन् । यसको संरक्षक प्रमुख जिल्ला अधिकारी हुने व्यवस्था छ । यस केन्द्रले सरकारी कर्मचारीहरुको स्वागत, बिदाई लगाएतका कर्मचारी संग सम्बन्धित गतिबिधिहरु गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस !