चितवनः पछिल्ला दिनहरुमा एल्पी ग्याँसको चरम अभाव भईरहेको छ । यसलाई सहजिकरणको काम पनि भईरहेको छ । तर पनि एउटा मात्र सिलिण्डर हुनेले बिद्यार्थी, कर्मचारी, मजदुरहरुमा समस्या बढ्दै गएको छ ।
यसलाई मध्यनजर गर्दै चितवन मेडीकल कलेज परिसरमा रहेको क्यान्टिनले ग्याँसको अभावमा खाना खान कठिन भएका बिद्यार्थी, कर्मचारी, मजदुर लगाएतलाई सहुलीयतमा खाना खुवाउन सुरु गरेको छ । अस्पताल भित्रको फ्राइन्डस रेष्ट्रोले सादा खाना रु १०० मा खुवाउन सुरु गरेको हो ।

रेष्ट्रोका सञ्चालक कृष्ण प्रसाद ढकालका अनुसार रु १५० मा बिक्रि गरिएको सादा खाना ग्याँस नपाएर खाना पकाउन नसकेका बिद्यार्थी, कर्मचारी, मजदुर लगाएतलाई रु १०० मा खुवाउन सुरु गरिएको बताउनुभयो । एउटा मात्र सिलिण्डर भएकाहरुलाई खाली भएपछि भर्न नपाए सम्म समस्या भएको भन्दै उहाँले त्यो वर्गलाई लक्षित गरी तत्कालको समस्या समाधान होस् भनेर सहुलीयतमा खाना खुवाउन थालिएको बताउनुभयो ।

अत्याबश्यक क्षेत्रहरुमा पूर्बबत अबस्थामा ग्याँस आएकाले खाना खुवाउन समस्या नहुने भएकाले सर्वशुलभ रुपमा खाना खुवाउन थालिएको समाजसेवी विनोद ढकालले बताउनुभयो । उहाँका अनुसार ग्याँसको अभावले खाना खान पाईन भन्ने गुनासो आउन नदिनका लागि क्यान्टिनले सर्भसुलभ दरमा खाना खुवाउन थालेको हो । सो क्यान्टिनमा बाबा ग्याँसबाट नियमित ग्याँस पठाईएको र समस्या भएकालाई सर्बसुलभ रुपमा खाना समेत खुवाउँन समस्या नपर्ने बाबा ग्याँसका संञ्चालक बिमल कालाखेतीले वताउनुभयो ।

जिल्लामा एउटा मात्र सिलिण्डर भएका बिद्यार्थी, कर्मचारी, मजदुर लगाएतलाई समस्या परेको छ । ती वर्गलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले टोल फ्रि नम्बरमा फोन गर्न भनिएको भए पनि पहुँच वाला मात्र प्रशासन सम्म पुगेका छन् । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अत्याबश्यक भएकाहरु प्रशासन सम्म आई नपुगेकाले वडामा नाम टिपाउन भनिएको छ । प्रशासनले क्लष्टर बेसमा दैनिक ग्याँस बिक्रि गर्न लगाएतको छ । दैनिक आठहजार हाराहारी ग्याँस क्लष्टर बेसमा बिक्रि गरिएको छ । प्रशासनमा टोल फ्रि नम्बरमा फोन गरेर ९९८ जनाले ग्याँस लगि सकेका छन् । क्लष्टर वाईज ग्याँस बाँडेपछि आउँदो शुक्रबार केन्द्रीय बसपार्कबाट त्यहाँ पाउन नसकेकाहरुलाई ग्याँस बिक्रि गर्न लगाईने अर्यालले बताउनुभयो ।






