नवलपुरः नारायणी नदीको कटान नियन्त्रणका लागि चालु आर्थिक वर्ष २०८२र ८३ मा नारायणी नदीमा साढे छ किलोमिटर तटबन्ध निर्माण गरिएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले यस वर्षमात्रै नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० मा ५।५ किलोमिटर तटबन्ध निर्माण गरेको जनाएको छ ।

कार्यालयका सूचना अधिकारी इन्जिनियर सागर पौडेलका अनुसार नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को नदीबाट उच्च जोखिम भएका नदीकिनारका बस्ती संरक्षण गर्न यस वर्षमात्रै विभिन्न स्थानमा गरी ६।५ किलोमिटर तटबन्ध निर्माण गरिएको हो ।

“बहुवर्षीय तटबन्ध र यस वर्ष ठेक्का लागेको तटबन्धको गरी नारायणी नदीको नवलपुरतर्फ साढे छ किलोमिटर तटबन्ध निर्माण गरिएको छ”, पौडेलले भन्नुभयो, “नारायणीमा तटबन्धका लागि मेस जाली, बिग बुल्डर ९नदी किनारमा ठूला ढुङ्गा राखेर भिरालो बनाउनेगरी गरिने तटबन्ध०, कङ्क्रिट पर्कोपाइन ९छवटा पोललाई त्रिभुजाकार बनाएर त्यसभित्र जाली राखी ढुङ्गा र काठका टुक्रा राखेर कसेपछि नदीमा हालिने तटबन्ध० एवं कङ्क्रिट रिटेनिङ वालहरू प्रयोग गरिएका छन् ।”

बहुवर्षीय आयोजनाका रूपमा विगतका वर्षमा नै ठेक्का लागि तटबन्धको काम ढिला भइरहेको अवस्थामा यस वर्ष उल्लेखनीय प्रगति हासिल भएको पौडेलले बताउनुभयो । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०तर्फ छ किलोमिटर क्षेत्रफलमा नारायणी नदी तटबन्धका लागि २०७९ सालमा बहुवर्षीय ठेक्का लगाइएको थियो । गैँडाकोटको वडा नं ५ देखि ९ सम्मको नदीकिनारमा कङ्क्रिट ब्लकबाट तटबन्ध गर्नेगरी रु एक अर्ब नौ करोडमा ठेक्का सम्झौता भएको आयोजनाको प्रगति हालसम्म ९८ प्रतिशत पुगेको पौडेलले जानकारी दिनुभयो ।

“नवलपुरतर्फको यस स्थानमा गत कात्तिकसम्म जम्मा ४७ प्रतिशतमात्रै प्रगति भएको थियो, हाल काम सम्पन्न हुने चरणमा पुगेको छ”, उहाँले भन्नुभयो, “नदी तटबन्धसँगै तटबन्धमाथि छ मिटर फराकिलो बाटोसमेत निर्माण गरिएको छ ।” यस आयोजनाअन्तर्गत करिब एक किलोमिटर बिग बुल्डर र बाँकी कङ्क्रिट ब्लकबाट तटबन्धको काम भइरहेको उहाँले जानकारी दिनुभयो । बिग बुल्डरको काम पूरा भएको भन्दै उहाँले कङ्क्रिट ब्लकबाट तटबन्धको काम थोरैमात्र बाँकी रहेको बताउनुभयो ।

त्यस्तै, विनयी त्रिवेणी गाउँपालिकास्थित त्रिवेणी धाममा पर्ने गजेन्द्र मोक्ष दिव्यधाममा समेत कङ्क्रिट रिटेनिङ वाल निर्माणको काम भएको उहाँले जानकारी दिनुभयो । नारायणी नदीको कटानबाट गजेन्द्र मोक्ष दिव्यधामलाई सुरक्षित बनाउन लगाइएको यस वालको उचाइ सात मिटरसम्म रहेको पौडेलले बताउनुभयो । यो आयोजनाको काम रु दुई करोड १७ लाखमा निर्माण सम्पन्न भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !