राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन०ले चितवनलाई तरकारीलाई कोल्ड स्टोरमा राख्ने हब बनाउने बताउनुभएको छ ।
शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले किसानले तरकारी फाल्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो। पारीबाट अनेक अनुदान पाउने किसानले उत्पादन गरेको तरकारी ल्याएर स्थानीय किसानको तरकारी महंगो बनेर फाल्नुपर्ने अवस्था आएको उहाँको भनाइ थियो। ‘यसरी किसानलाई मार्ने काम रोक्नु जरुरी छ,’ उहाँले भन्नुभयो ।
चितवनमा मात्रै नभएर देशभरीको तरकारी स्टोर गर्ने कोल्ड स्टोर बनाउन सकिने उहाँको भनाइ थियो।






