चितवनः राष्ट्रिय प्रजातन्त्र दिवसको अबसरमा १ हजार ८ दिप प्रज्वलन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति चितवनले आज नारायणी नदी किनारमा गण्डकी–नारायणी महाआरतीमा १ हजार ८ दिप प्रज्वलन गरेको हो ।
सो अबसरमा बोल्ने बक्ताहरुले मानब शान्तिनै प्रजातन्त्र भएको भन्दै देश तथा विदेशमा शान्तिको कामना गरेका थिए । एक हजार आठ स्वामी बिमलानन्द सरस्वतीले जीवनको खुशिनै प्रजातन्त्र भएको बताउनुभयो । आध्यात्मिक शक्तिनै प्रजातन्त्रको पहरेदार भएको उहाँको भनाई थियो ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरुले जीवनमा खुशी प्राप्त गर्नुनै ठूलो प्रजातन्त्र भएको बताउनुभयो । उहाँहरुले धर्म संस्कृति समेत प्रजातन्त्रको एक आधार भएको बताउनुभएको थियो ।
सो अबसमार प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुली, गण्डकी–नारायणी महाआरतीका संयोजक प्रेमनिधि भारद्धाजले देश र जनताको भावना अनुसार खुशि राख्न सक्नुनै प्रजातन्त्रको मूख्य आधार भएको बताउनुभयो ।






