चितवनः कण्डमको सही प्रयोग नगर्दा एचआईभि एड्स सहित यौन रोगको संक्रमण वढ्ने खतार देखिएको चिकित्सकहरुले बताएका छन् । अन्तराष्ट्रीय कण्डम दिवसको अबसरमा एआरटी सेन्टर भरतपुर अस्पतालले आज रत्ननगरमा आयोजना गरेको निरन्तर चिकित्सकीय शिक्षा कार्यक्रममा बोल्ने चिकित्सकहरुले कण्डमको प्रयोगलाई वढाउन आग्रह गरेका हुन् ।
कण्डमको प्रयोग बिना यौन सम्पर्क गर्दा यौनरोगहरु लाग्ने गरेको उहाँहरुको भनाई थियो । भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा. कल्याण सापकोटाले यौन रोगबाट वच्नका लागि कण्डाको प्रयोग अत्याबश्यक रहेको बताउनुभयो । अहिले एचआईभि संक्रमितमा यौनरोगको समस्या धेरै देखिन थालेको भन्दै उहाँले यसलाई रोक्नका लागि कण्डमको प्रयोग अत्याबश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो “संक्रमितले औषधि खाँदा संक्रमण नबढे पनि यौन रोगको संक्रमण भने वढ्दै गएको पाईएको छ ।”
यस्तै बकुललहर रत्ननगर अस्पतालका निर्देशक डा. अंकुर पौडेल, डा. रमेश पौडेल, भरतपुर अस्पतालमा रहेको एआरटी सेन्टरका प्रमुख कृष्णहरी सापकोटाले कण्डमको प्रयोग किन आबश्यक छ भन्ने बिषयमा जानकारी दिनुभएको थियो । उहाँहरुले नेपालमा सन् २०३० सम्ममा एचआईभि संक्रमण सून्यमा झार्ने योजना सहित सरकारले काम गरिरहेको बताउनुभयो । अहिले संक्रमण कम भए पनि खुलेर आउनेको संख्या भने कम भएको बताउनुभयो ।
अस्पतालहरुमा संक्रमितहरुलाई दिने सेवा सुबिधा संगै समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न सकेमा मात्रै खुलेर आउनेको संख्या वढ्ने भन्दै सबै सरकारी निकायमा समेत सम्म्मानका साथ सेवा लिने बतावरणमा बनाउन आग्रह गर्नुभयो ।
।






