चितवनः मिनी ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने उक जना घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक स्याङ्जा घर भएका अन्दाजी २६ बर्षिय सुरज थापा रहेका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १५ टुरेचोकबाट सितलचोक तर्फ आउँदै गरेको ना ४ ख ४७७२ नम्बरको मिनी ट्रकले रामपुरबाट भरतपुर तर्फ आउँदै गरेको ना ४४ प १६३२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते थापाको उपचारका क्रममा चितवन मेडीकल कलेजमा मृत्यु भएको हो ।
मोटरसाईकलमा सवार स्याङ्जाको हरिनास गाउपालिका वडा नम्बर ४ की २२ बर्षिया निरुता थापा गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । उहाँका अनुसार घाईतेको चितवन मेडीकल कलेजमा उपचार भईहेको छ । ट्रकमा चालक फरार रहेकाले खोजि कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो । दुर्घटना आज बिहान ७ वजे भएको हो ।






