चितवनः विश्व क्यान्सर दिवसका अबसरमा चितवन मेडिकल कलेज (सिएमसी) को भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटमा निःशुल्क बहिरंग सेवा सुरु गरिएको छ । विश्व क्यान्सर दिवस २०२६ को अवसरमा माघ १९ गतेदेखि २४ गतेसम्म बहिरंग सेवा निःशुल्क र क्यान्सर स्क्रिनिङमा ५० प्रतिशत छुट समेत दिईएको इन्स्टिच्यूटले जनाएको छ ।
विश्व क्यान्सर दिबसको अबसरमा अस्पतालले आज सचेतना ¥यालिको आयोजना गरेको छ । अस्पतालबाट सुरु भएको ¥यालिले भरतपुरका बिभिन्न ठाउँको परिक्रमा गरेको थियो । ¥यालिमा कलेजका प्राध्यापक, अस्पतालका चिकित्सक, कर्मचारी र बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।
क्यान्सर सचेतना र समयमै पहिचानको उद्देश्यसहित विशेष स्वास्थ्य सेवा अभियान सञ्चालन गरेको अस्पतालले जनाएको छ ।
यस अभियानको मुख्य उद्देश्य क्यान्सर रोगको प्रारम्भिक पहिचान गरी समयमै उपचारमा सहयोग पु¥याउनु रहेको इन्स्टिच्यूटका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले बताउनुभयो ।
यस विशेष अभियानअन्तर्गत पुरुषहरूका लागि विभिन्न परीक्षणहरू समावेश गरिएको क्यान्सर स्क्रिनिङ प्याकेज उपलब्ध गराएको छ । रगतको मात्रा मापन, कलेजोको कार्य परीक्षण, मृगौलाको कार्य परीक्षण, रगतको मधुमेहको परीक्षण, प्रोस्टेट क्यान्सर परीक्षण, छातीको एक्स–रे, पेटको भिडियो एक्सरे सेवा रहेका छन् ।
यसैगरी महिलाका लागि क्यान्सर स्क्रिनिङ प्याकेज अन्तर्गत रगतको मात्रा मापन, कलेजोको कार्य परीक्षण, मृगौलाको कार्य परीक्षण, रगतको मधुमेह परीक्षण, पाठेघरको मुखको परीक्षण, छातीको एक्स–रे, पेटको अल्ट्रासाउन्ड, स्तनको अल्ट्रासाउन्ड रहेका छन् । महिला र पुरुष दुवैले आफ्नो शरीरमा क्यान्सर छ छैन भन्नेबारे जानकारी लिन परीक्षण गराउने गरिन्छ । यी सबै परीक्षण शुल्कमा ५० प्रतिशत छुट दिईएको देवकोटाले बताउनुभयो ।
इन्स्टिच्यूटले क्यान्सरजस्तो गम्भीर रोगबारे जनचेतना फैलाउन तथा समयमै परीक्षण गराउन यो अभियान प्रभावकारी हुने विश्वास लिएको उहाँको भनाई छ । स्वास्थ्य विशेषज्ञहरूले क्यान्सरको प्रारम्भिक पहिचानले उपचार सफल हुने सम्भावना उच्च रहने भएकाले यस्ता अवसरको सदुपयोग गर्न सर्वसाधारणलाई अपिल समेत गरिएको छ । इन्स्टिच्यूटले सरकारी अस्पतालको दर रेटमा क्यान्सरको उपचार गर्दै आएको जनाएको छ ।







