चितवन:

उद्योग वाणिज्य सङ्घ चितवनको आसन्न निर्वाचनमा शिरीष पन्तको उम्मेदवारीले उद्योगी–व्यवसायीहरूमा नयाँ आशा र विश्वास जगाएको छ। व्यवसायीका वास्तविक समस्या पहिचान, बजार व्यवस्थापन, साना तथा मझौला उद्यमको संरक्षण र युवाको सक्रिय सहभागितालाई केन्द्रमा राखेर अघि बढ्ने स्पष्ट दृष्टिकोण पन्तको प्रमुख विशेषता रहेको बताइन्छ।
संघलाई पारदर्शी, समावेशी र व्यवहारिक संस्थाको रूपमा विकास गर्ने प्रतिबद्धतासहित अघि बढेका पन्तले उद्योग वाणिज्य सङ्घलाई केवल औपचारिक संस्था मात्र नभई व्यवसायीहरूको साझा आवाज बनाउने लक्ष्य लिएको जनाएका छन्। ‘मेड इन चितवन’ जस्ता कार्यक्रममार्फत स्थानीय उत्पादनको प्रवर्द्धन, फुटपाथ तथा पार्किङ व्यवस्थापनमा सरोकारवालाबीच समन्वय, र सदस्यमैत्री नीतिमा सुधार गर्ने उनका योजना व्यवसायीबीच सकारात्मक रूपमा लिइएको छ।
अनुभव, समन्वय क्षमता र सकारात्मक सोचका कारण शिरीष पन्त उद्योग वाणिज्य सङ्घ चितवनको नेतृत्वका लागि उपयुक्त उम्मेदवार रहेको व्यवसायीहरूको धारणा छ। व्यवसायीको हकहित संरक्षण, युवा उद्यमशीलताको प्रवर्द्धन तथा दिगो आर्थिक विकासका लागि पन्तको नेतृत्व आवश्यक रहेको उनीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस !