चितवनः भारतीय ग्याँस बुलेटको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको मध्य नेपाल नगरपालिका वडा नम्बर ३ की १८ बर्षिया राईना श्रेष्ठ रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक रविन्द्र खनालका अनुसार काठमाडौंबाट बिरगञ्ज तर्फ जाँदै गरेको एनएल ०१ एल २४५३ नम्बरको खालि ग्याँस बुलेटले बागमती प्रदेश ०६–००५ प ३०५४ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकलमा पछाडी सवार श्रेष्ठको मृत्यु भएको हो । आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर १० मालपोत चोकमा बुलेटले मोटरसाईकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाईते श्रेष्ठको उपचारका क्रममा पुरानो मेडीकल कलेजमा मृत्यु भएको हो । ठक्करबाट मोटरसाईकल चालक मृतकका बुबा ५२ बर्षिय राजकुमार श्रेष्ठ घाईते हुनुभएको छ । उहाँको सोही अस्पतालमा उपचार भईरहेको र अबस्था खतरा मुक्त रहेको उहाँले जानकारी दिनुभयो । मोटरसाईकललाई ठक्कर दिने बुलेट र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।






