देवघाट मंसिर ४
जेसीआई देवघाटधामका वर्ष २०२५ का अध्यक्ष, युवा नेतृत्वकर्ता जेसी प्रशन्न ढकाल प्रतिष्ठित JCI LOM Star President (2nd Half) – Asia & the Pacific बाट सम्मानित भएका छन्। यो महत्वपूर्ण घोषणा JCI World Congress 2025, Tunisia मा सम्पन्न समारोहका बीच गरिएको हो।

अन्तर्राष्ट्रिय तहमा भएको प्रतिस्पर्धामा उत्कृष्ट नेतृत्व क्षमता, संगठनप्रतिको समर्पण र प्रभावकारी कार्यसम्पादनका आधारमा ढकाल चयन हुनुभएको हो।
उनको यो उपलब्धिले देवघाटधाम जेसीज लगायत नेपाल र एशिया–प्यासिफिक क्षेत्रमा रहेका सम्पूर्ण जेसी सदस्यहरूलाई गौरवान्वित बनाएको छ।


नतिजापछि खुसी व्यक्त गर्दै अध्यक्ष जेसी प्रशन्न ढकालले यस उपलब्धि आफू मात्रको नभई सम्पूर्ण जेसीआई देवघाटधाम परिवारको सामूहिक मेहनत, साथ र विश्वासको परिणाम भएको बताए। उनले एशिया–प्यासिफिक क्षेत्रमा आफ्नो LOM को पहिचान र प्रभावशाली उपस्थिति अझ मजबुत बनाउन प्रतिबद्ध रहेको उल्लेख गरे। साथै उनले आगामी दिनमा युवा नेतृत्व विकास, प्रभावकारी परियोजना सञ्चालन र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारलाई प्राथमिकतामा राख्दै काम गर्ने जनाए।
जेसीआई देवघाटधाम परिवारले ढकाललाई हार्दिक बधाई तथा आगामी कार्यकालका लागि सफलताको शुभकामना व्यक्त गर्दै, उनको नेतृत्वले संगठनको प्रतिष्ठा, सदस्य विकास तथा अन्तर्राष्ट्रिय सञ्जाल विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

ढकालको अन्तर्राष्ट्रिय सफलता जेसीआई देवघाटधामको गर्व तथा प्रेरणादायी उपलब्धिका रूपमा रहेको छ।

प्रतिक्रिया दिनुहोस !