चितवनः प्रगतिशील राष्ट्रिय अभियान नेपालको जिल्ला संयोजकमा दिपक शाही चयन हुनु भएको छ । नेपालले चितवनमा घोषणा सभाको आयोजना गरी शाहीलाई संयोजककको जिम्मेवारी तोकेको हो ।
नेपाल कम्युनिष्ट पाटी माओवादी कैनद्रबाट बिभाजन भएर नयाँ पार्टी दर्ताको चरणमा रहनुभएका नेता जनार्दन शर्माको नेतृत्वलाई सहयोग पु¥याउने गरी अभियानको जिल्ला संयोजक तोकिएको हो । घोषणा सभालाई सम्बोधन गर्दै शाहीले पार्टी संञ्चालनमा एकात्मक प्रणालीलाई भत्काउनका लागि आँफुहरु पछिल्लो पटकको पार्टी एकता अभियानमा सहभागी नभएको बताउनुभयो । पार्टी संञ्चालनका क्रममा देखिएको तानासाही प्रबृति अन्त्य गर्न र देशमा व्याप्त भ्रष्टाचारको अन्त्यका लागि आँफुहरुको अभियान जारी रहेको उहाँको भनाई थियो । सो क्रममा केन्द्रीय प्रतिनिधि सुदर्शन पौडेलले पार्टी भित्र फरक मतलाई निस्तेज पारेर एकताको नाममा नेतृत्व परिवर्तन गर्न नचाहानेहरुका कारण आँफुहरु एकतामा सहभागि नभएको स्पष्ट पार्नुभयो ।
जनयुद्धका समयमा गरिएका बाचाअनुसारको काम नभई नेतृत्व तह विलाशितामा रमाउन खोजेको आरोप लगाउँदै उहाँले सच्चिएर जनताका कुरा सुन्न नसक्ने र फरक मतलाई सामाना गर्न नसक्ने संग संगै जान नचाहेको बताउनुभयो । हामी ट्रेनमा छुटेका हैनौ । हामी जनता संग संगै दौडन खोजेका छौ उहाँले भन्नुभयो ।
कायृक्रममा माओवादी नेता ऋषि चापागाईले अहिलेको अभियान जनताको पक्षमा भएको विश्वास व्यक्त गर्नुभयो । जनताको समस्याहरु समाधान गर्न र जनता संग जोडीएर अघि वढ्नका लागि माओवादी केन्द्र सहितका पार्टी एकतामा आँफुहरु सहभागि नभएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !