चितवनः भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरुको स्वास्थ्य बिमा गर्दै आएको चितवन सहायता कोष बेल्जीयमले ६९ जना बिरामीको बिमा बापतको रकम हस्तान्तरण गरेको छ । भरतपुर अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट डा. कृष्ण प्रसाद पौडेललाई समाजका अध्यक्ष इश्वरी प्रसाद कंडेलले बिमा बापतको रकम हस्तान्तरण गर्नुभएको हो ।
कडेंलले उनीहरुको स्वास्थ्य बिमा वापतको रु २ लाख ४१ हजार ५०० हस्तान्तरण गर्नुभएको हो । सन् २००५ देखि थालेसेमियाका बिरामीहरुको उपचारमा सहयोग गर्दै आएको यस समाजले स्वास्थ्य बिमा कार्यक्रम लागु भए संगै बिमा बापतको रकम प्रदान गर्दै आएको उहाँले बताउनुभयो । सुरुवातमा ३३ जना बिरामीलाई सेवा दिएर सुरु गरिएको यस कार्यक्रम अहिले ६९ जना बिरामी पुगेका छन् । थालेसेमियाका बिरामीहरुले महिनामा कम्तिमा दुई पटक रगत फेर्नुपर्ने हुन्छ ।
समाजले गरेको बिमाबाट बिरामीका परिवारले समेत लाभ लिन पाउने छन् । अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. पौडेलका अनुसार यस रोगका बिरामीहरुको रक्तसेलमा समस्या हुने हुँदा सामान्य रक्तसेल निर्माण नहुने हुँदा रगत फेर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस !