चितवन, १४ कात्तिक :
चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगल नजिक गए राति भएको भीषण सवारी दुर्घटनामा ३३ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार शुक्रबार राति करिब १ः०० बजे रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस (प्रदेश ३–०३–००१ख ०१२३) अगाडि चलिरहेको ट्रक (ना ६ख ८१३) सँग ठोक्किँदा सोही बसको पछाडिबाट जनकपुरबाट काठमाडौँ आउँदै गरेको अर्को यात्रुबाहक बस (बा.प्र.०३–००१ख ३९०२) समेत ठोक्किएको हो ।
दुर्घटनामा दुबै बसमा सवार ३३ जना घाइते भएका छन् । तीमध्ये ८ जना मध्यम र २५ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
बा.प्र.०३–००१ख ३९०२ नम्बरको बस चालक धनुषा सहिदनगर नगरपालिका–४ का ४३ वर्षीय कृष्ण मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्रक चालक फरार छन्। प्रदेश ३–०३–००१ख ०१२३ नम्बरको बस चालक घाइते भएको कार्यलयका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घाइतेहरुको भरतपुरका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
चितवन मेडिकल कलेज, भरतपुरमा उपचाररत घाइतेहरू ः

सार्थकवाबु क्षेष्ठ, २०, त्रियुगा–१० उदयपुर — मध्यम
सदाकत मिया, ३९, जनकपुर–१७ धनुषा — मध्यम
नरेन्द्र शाह, ५२, जनकपुर–१७ धनुषा — सामान्य
मुकेश कुमार केसरी, ४१, गौर–५ रौतहट — मध्यम
समिर अन्सारी, १७, जनकपुर–७ धनुषा — सामान्य
गीता देवी यादव, ५०, पिपरा–१ महोत्तरी — सामान्य
कृष्ण कुमार साह, राजदेवी–१ रौतहट — मध्यम
बसन्त झा, ४६, जनकपुर–१ धनुषा — सामान्य
मुकेश लाल कर्ण, ४९, जनकपुर–४ धनुषा — सामान्य
अञ्जु कर्ण, ३४, जनकपुर–४ धनुषा — सामान्य

आरुष कर्ण, जनकपुर–४ धनुषा — सामान्य
राम क्षेष्ठ, ३७, पिपरा–१ महोत्तरी — सामान्य
अनिकेत कुमार साह, २०, राजदेवी–१ रौतहट — मध्यम
आरभ मिश्र, ११, बृन्दावन–३ रौतहट — मध्यम
विधा चौधरी, १९, लक्ष्मीनिया–४ धनुषा — मध्यम
नेशनल सिटी अस्पताल, भरतपुरमा उपचाररत
आदित्य कुमार सिंह, २०, जलेश्वर–५ धनुषा — सामान्य
रेखा सिंह, ४३, जलेश्वर–५ धनुषा — सामान्य
अञ्जली सिंह, २१, जलेश्वर–५ धनुषा — सामान्य
सुनिल प्रसाद, ३२, मोतिहारी, भारत — सामान्य
सुभद्रा कुमारी चौधरी, २५, मोतिहारी, भारत — सामान्य
प्रिया जैशवाल, ७, मोतिहारी, भारत — सामान्य
कृती जैशवाल, ४, मोतिहारी, भारत — सामान्य
आलोक कुमार राउत, २८, जनकपुर–८ धनुषा — सामान्य
मोनु कुमार महत्तो, २१, राजदेवी–२ रौतहट — सामान्य
गम्भिरा देवी ठाकुर, ६६, गौर–९ रौतहट — सामान्य
बिजय साह, ५०, गरुडा–७ रौतहट — सामान्य
उर्मिला कुमारी साह, ४०, गरुडा–७ रौतहट — सामान्य
सुनिता देवी मिश्र, ६२, बृन्दावन–३ रौतहट — मध्यम
भरतपुर सरकारी अस्पतालमा उपचाररत
राजकिशोर दास, ३०, दुर्गावती–२ रौतहट — सामान्य
राजु दास, २५, दुर्गावती–२ रौतहट — सामान्य
महमद साहेब, २२, मोतिहारी, भारत — सामान्य
रोशी कुमार साह, १९, माधवनारायण–५ रौतहट — सामान्य
दिब्या चौधरी, १९, लक्ष्मीनिया–४ धनुषा — मध्यम
जम्मा घाइतेः ३३ जना
मध्यम घाइतेः ८ जना
सामान्य घाइतेः २५ जना

प्रतिक्रिया दिनुहोस !