चितवनः नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोका कारण अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोलामा पहिरो खस्दा सडक अबरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक रविन्द्र खनालका अनुसार बिहान ९ः०५ वजे पहिरो खसेको हो । पहिरो खसे संगै नारायणगढ–मुग्लिन सडक हुदै गुड्ने सवारीहरु रोकीएका छन् । बिहिबार देखिको निरन्तर वर्षाका कारण आज पहिरो खसेको हो । आज बिहान देखि सोही स्थानमा पहिरो खस्दा एक तर्फि सवारी संञ्चान गरिएको थियो ।
पहिरो पन्छाउने कार्य सुरु गरिएको उहाँले बताउनुभयो । पहिरो पन्छाउनका लागि एक घण्टा लाग्ने अनुमान गरिरएको छ ।

प्रतिक्रिया दिनुहोस !