चितवन: भरतपुर महानगरपालिका वडा नम्बर ९ टिकौली जंगलमा बस दुर्घटना हुँदा ३३ जना घाईते भएका छन् । आज बिहान १ः४५ बजे गौरबाट काठमाण्डौं तर्फ जादै गरेको बा.प्र ०३०० ख ०१२३ नम्वरको बस पार्कीङ् गरि राखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा ठोक्किदाँ सो बसमा जनकपुरबाट काठमाडौं तर्फ जान आउँदै गरेको बा.प्र. ०३०० ख ३९०२ नम्बरको यात्रुबहाक वस ठोकिएको थियो ।
शशस्त्र प्रहरी वलका प्रहरी नायव उपरिक्षक एबं सह प्रबक्ता शैलेन्द्र थापाका अनुसार बस दुर्घटना पछि सडकमा पल्टिए लगत्तै  प्रहरीको टोलीले घाइतेहरुको तत्काल उद्दार गरि उपचारका लागि बिभिन्न अस्पतालमा पठाएको छ । घाइतेहरुमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटि अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको छ । घाईते मध्य ८ जनाको अबस्था मध्यम रहेको छ भने २५ जनाको अस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।
क्रेनको सहायताले दुर्घटना भएको सवारि साधन हटाएर आज बिहान २ः५५ बजेबाट सडक सुचारु गराइएको छ । सबै सवारी साधन घट्ना स्थलमा नै रहेको र बा.प्र.०३–००१ख ३९०२ नम्बरको बसका चालक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेका छ्न् ।

 

प्रतिक्रिया दिनुहोस !