चितवनः श्री नयाँ सबुज गण दल भरतपुरमा संञ्चालित सि. सं. ४ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज आज यहाँ सम्पन्न भएको छ । नेपाली सेनाका नम्बर ७ बाहिनी अड्डाका बाहिनि पति सहायक रथी डा. कमल बानियाको प्रमुख आतिथ्यतामा अन्तिम दलेल कवाज सम्पन्न भएको हो ।

सो अबसरमा कोशी प्रदेशका ४१ जना, गण्डकी प्रदेशका ३ जना, कर्णाली प्रदेशका ३१ जना र सुदुर पश्चिम प्रदेशका २९ जना गरी १०४ जना सहभागी रहेका थिए । उनीहरुले ९ महिनाको कठोर तालिम पश्चात आज एक समारोहका बिच सपथ लिएका हुन् । सो अबसरमा राष्ट्रको मेरुदण्ड सेना भएको भन्दै सेनाको मेरुदण्ड तालिम प्राप्त अनुशासीत तथा कर्तव्य निष्ठ सिपाई भएको बाहिनि पति बानियाले बताउनुभयो । उहाँले भन्नुभयो “भविश्यमा आई पर्ने कुनै पनि चुनौतिहरुको सामना गर्ने शारिरिक, मानसिक र नैतिक शाहस तपाईहरुले यस तालिमको दौरानबाट प्राप्त गर्नुभएको छ भन्ने मैले बिश्वास लिएको छु ।”

राष्ट्रिय स्वतन्त्रता, स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणका लागि प्रतिवद्ध नेपाली सेनाको मूलभूत दायीत्वलाई मनन् गरी आबश्यक परेको बेलामा राष्ट्र र जनताका लागि प्राणको आहुती दिन समेत पछि नपर्ने प्रण गर्नु एक सैनीकको धर्म भएको उहाँले बताउनुभयो ।

गणका गणपती प्रमुख सेनानी दिनेश लामाले कठोर मेहनतका साथ तालिम प्राप्त सिपाईहरुले नेपाल अधिराज्यभर छरीएर रहेका बिभिन्न यूनिटमा नियूक्त भई देश र जनता प्रति समर्पित रहि सेवा गर्ने अठोटका साथ परिचालन हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !