चितवनः गत शुक्रबार गएको पहिरोका कारण अबरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड आज साँझबाट दुई तर्फी संञ्चालनमा आएको छ । तुईन खोलामा गत शुक्रबार साँझ ६ वजे आएको पहिरोका कारण अबरुद्ध सडक आज साँझ ५ः३० वजेबाट पूर्ण रुपमा संञ्चालनमा आएको हो ।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार आईताबार साँझ केही समय एकतर्फि संञ्चालनमा आएको सडक रातको समयमा वन्द गरिएको थियो । आज बिहान देखि एक तर्फि रुपमा संञ्चालन गरिएको सडक दुई तर्फि संञ्चालनका लागि दिउँसो १ वजे देखि ३ वजे सम्म पूर्ण रुपमा वन्द गरेर पहिरो पन्छाउने काम गरिएको थियो । सो क्रममा पहिरो खसेपछि काम ढिलो भएको हो । उहाँले भन्नुभयो “सडक दुई तर्फि संञ्चालनमा आएको छ ।”

पहिरोको जोखिम रहन सक्ने भएकाले यस सडकमा यात्रा गर्दा सवारी चालक र यात्रुलाई साबधानी अपनाउन जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ । सडक संञ्चालनमा आए संगै रोकीएका सवारी साधनहरु गन्तव्य तर्फ लागेका छन् । यस सडक हुँदै दैनिक १० हजार वढी सवारी साधन आवत जावत गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस !