चितवनः नारायणगढ–मुग्लिन सडक खण्ड आज दिउँसो १ वजे देखि ३ वजे सम्म वन्द गरिने भएको छ । यस सडक खण्डको तुइन खोलामा गएको पहिरो पूर्णरुपमा पन्छाउनका लागि दिउँसो सडक वन्द गर्न लागिएको हो ।
डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार एक तर्फि संञ्चालनमा रहेको सडक दिउँसो वन्द गरेर सफाई गरे संगै दुई तर्फि संञ्चालनमा ल्याउन सकिने छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ तुइनखोलामा पहिरो खस्दा गत शुक्रबार देखि सडक अबरुद्ध भएको थियो । आइतबार साँझ एक तर्फि सडक संञ्चालनमा ल्याईएको भए पनि रातको समयमा सडक वन्द गरिएको थियो ।
पहिरोका कारण सडक रोकिए पछि अलपत्र परेका यात्रुहरुलाई जिल्ला प्रशासन कार्यालय चितवनको सक्रियतामा खाध्यन्न बितरण र स्वास्थ्य परिक्षण गरिएको थियो ।






