चितवनः जिल्लामा लगाईएको निषेधाज्ञा तथा कर्फ्यू हटाईएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एक सूचना जारी गर्दै बिहिबार देखि जारी गरिएको निषेधाज्ञा तथा कर्फ्यू हटाईएको जानकारी दिनुभएको हो ।
आज बिहान ७ वजे देखि लागु हुनेगरी निषेधाज्ञा र कर्फ्यू हटाईएको हो । जेन–जी आन्दोलनका कारण जिल्लाको जनजीवन अस्थव्यस्थ भएपछि बिहान ६ वजे देखि साँझ ८ वजे सम्म निषेधाज्ञा र राती ८ वजे देखि बिहान ६ वजे सम्म कर्फ्यू आदेश जारी गरिएको थियो । जिल्लाको शान्ति सु–व्यवस्था र अमनचयन कायम राख्ने कार्यक्षेत्रमा खटिएका सुरक्षा कर्मीहरुलाई आबश्यक सहयोग गर्न समेत उहाँले राजनैतिक दल, संघ–संस्था, निकाय र आम नागरिकलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !