चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले १७ हजार ४ सय क्याप्सुल लागुऔषध ट्रामाडोल सहित सात जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ९ केन्द्रीय वस ट्रमिनल नजिक रहेको धौलागिरी थकाली भान्छाघर एण्ड लजबाट उनीहरुलाई पक्राउ गरीएको हो ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रविन्द्र खनालका अनुसार पक्राउ पर्नेमा एक भारतीय नागरिक सहित रहेका छन् । माडी नगरपालिका वडा नम्बर १ का २४ बर्षिय अनिष श्रेष्ठ, कालिका नगरपालिका वडा नम्बर ५ बस्ने २१ बर्षिया शान्ती गुरुङलाई पक्राउ गरिएको हो । यस्तै पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नम्बर २ का २१ बर्षिय बिनायक तामाङ्, २५ बर्षिय सुर्य लामा, १८ बर्षिय प्रदिप लामा, २४ बर्षिय प्रदिप न्यौपान र भारतको बिहारको पश्चिम चम्पारणका २७ बर्षिय आर्यन कुमार रहेका छन् ।
उनीहहरुलाई होटलको कोठाबाट लागूऔषध ट्रामाडोल बिक्रि बितरण गरी रहेको अबस्थामा पक्राउ गरिएको खनालले जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई लागूऔषध सम्बन्धि कसूरमा म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको छ ।






