विराटनगरः सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागेका छन् । जबरजस्ती करणी (बलात्कार) मुद्दाका कैदी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका– २ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री एक वर्ष कैद बिताएपछि कारागारबाट भागेका हुन् ।
उनी मंगलबार कारागारको पर्खाल नाघेर भागेको कारागार प्रमुख सुवासकुमार लामिछानेले जानकारी दिनुभयो । सामूहिक बलात्कारको घटनामा संलग्न खत्री वि. सं. २०८१ साल साउन २१ गते देखि कारागारमा रहेका थिए । लाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।






