माडी, २१ साउन :  चितवन  निकुञ्जअन्तर्गत माडी नगरपालिका –२ भैरपुरको एक धानखेतमा करेन्ट लागेर एक भाले गैंडा मृत भेटिएको छ।  करिब १७–१८ वर्ष उमेरको उक्त गैंडा धानको खेतमा तानिएको विद्युतीय तारको करेन्ट लागेर मृत्यु भएको निकुञ्जले जनाएको छ।

निकुञ्जका सूचना अधिकारी अविनाश  थापा मगरका अनुसार आज बिहान करिब ९ बजे उक्त घटनाको खबर प्राप्त भएको हो। घटनास्थलमा निकुञ्जको टोली पुगेर अनुसन्धान थालिएको सूचना  अधिकारी थापाले जानकारी दिनुभयो।

fillephoto

प्रतिक्रिया दिनुहोस !