चितवनः उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने बिद्यार्थीलाई परामर्श दिने अग्रणी संस्था एक्सपार्टले २ लाख अष्ट्रेलियन डलरको कोष खडा गरेको छ । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजद्धारा संञ्चालित एक्सपर्ट फाउण्डेसनले कोरोना भाईरस (कोभिड १९)का कारण समस्यामा परेका बिद्यार्थीहरुका लागि कोष खडा गरेको हो ।
एक्सपर्ट चितवन शाखाका प्रबन्धनिर्देशक डिल्लराम अधिकारीले कोरोनाका कारण अस्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीलाई पर्न सक्ने तत्कालीन र दीर्घकालीन असरलाई न्यूनीकरण गर्ने उद्धेश्यले कोभिड १९ एक्सपर्ट सहयोग कोष स्थापना गरिएको बताउनुभयो । उहाँका अनुसार सन २०१९ को अक्टोबर १ पछि आफ्नो संस्थामार्फत अष्ट्रेलिया गएका बिद्यार्थीलाई प्रतिव्यक्ति किनमेलका लागि २ सय देखि ३ सय डलर सम्मको भौचरनै सहयोग गरिने छ । जसका लागि एक लाख ५० हजार डलर छुट्याईएको छ ।
अन्य समसयामा परेका बिद्यार्थीहरुका लागि ५० हजार डलर छुट्याईएको अधिकारीले जानकारी दिनुभयो ।
एक्सपर्ट फाउण्डेसनले बिज्ञप्ति जारी गरि समस्यालाई केही हद सम्म भए पनि सहज वनाउनका लागि कोष स्थापना गरिएको जनाएको छ ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीले जनस्वास्थ र अर्थतन्त्रमा नै गहिरो प्रभाव पर्न गई मानव जगत नै अहिले असहज परिस्थितिबाट गुज्रनुपरेको अवस्थामा हामीले हाम्रो दायित्वलाई पूरा गरेका हौं बिज्ञप्तिमा भनिएको छ ।
पछिल्लो छ महिनायता अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आएका र रोजगारी गुमाएका विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखिने र अन्य समस्यामै परेकाहरूलाई पनि मूल्यांकनका आधारमा सहयोग गरिने योजना अनुसार कोष स्थापना गरिएको बिज्ञप्तिमा जनाईएको छ ।
एक्सपर्टले सन २००३ देखि नेपाली बिद्यार्थीलाई परामर्श दिने काम थालेको हो । नेपालका बिभिन्न सहरहरुमा कार्यालय रहेको एक्सपर्टको अष्ट्रेलियाका मुख्य शहरहरुमा पनि कार्यालय रहेका छन् ।






