चितवन । खैरहनी नगरपालिका-९ स्थित खुरखुरे चोकबाट अवैध लागू औषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१३ बस्ने २४ वर्षीय रोजन तिमल्सिना र २५ वर्षीय करण चौधरी रहेका छन् ।
इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले बागमती प्रदेश ०६-०१ प ६९९६ नम्बरको मोटरसाइकलमा गाँजा करिब ५ किलो ८ सय ग्रामसहित फेला पारी पक्राउ गरेको हो । हाल पक्राउ गरी उनीहरूलाई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।








