सौराहा । नेपालमा उत्पादन हुंँदै आएको रैथाने बाली जोगाउन तथा संरक्षण गर्न सरोकारवालाले जोड दिएका छन् । रैथाने बालीको संरक्षण र उत्पादनमा आदिवासी जनजातिको प्रमुख भूमिका रहेको भन्दै प्रोत्साहन गर्नुपर्नेमा जोड दिइएको हो ।
फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ)को आयोजनामा सौराहामा आयोजित ‘आदिवासी जनजाति विधिमा आधारित जैविक पुनस्र्थापना र खाद्य प्रणालीहरुको परिचयात्मक पद्धति’ विषयक कार्यशाला गोष्ठीका वक्ताहरुले रैथाने बाली लोप हुंँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।
कार्यशालाको उद्घाटन सत्रमा बोल्दै बागमती प्रदेशका वनमन्त्री कृष्ण सिलवालले यहांँका आदिवासीले जंगली जनावर र औलोसंँग लड्दै रैथाने बाली स्थापना गर्न सहयोग पु¥याएको बताए । ‘यहांँका जल, जमिन, जंगलसंँग आदिवासी र जनजातिको गहिरो सम्बन्ध जोडिएको छ’, मन्त्री सिलवालले भने, ‘हामीले कृषि उत्पादनमा आत्मनिर्भर बन्न पनि रैथाने बालीको संरक्षण गर्न जरूरी छ ।’
अव्यवस्थित सहर, जग्गाको खण्डीकरण, वनजंंगल फँडानीले जलवायुमा परिवर्तन भई रैथाने बाली लोप हुंँदै गएकोमा उनले चिन्ता व्यक्त गरे । ‘हाम्रा रैथाने बीउविजन, उत्पादन अब केही छैनन् । सबै आयातित बीउविजन र हाइब्रिडमा निर्भर हुनु परेको छ’, मन्त्री सिलवालले भने । बागमती प्रदेशसभा सदस्य भारती पाठकले देशभर २३ हजार बढी सामुदायिक वन रहेको बताउंँदै वनसंँगै रैथाने बाली जोगाउनुपर्नेमा जोड दिइन् । ‘हाम्रा रैथाने बाली केवल खाद्य वस्तु मात्र होइनन्, यिनले औषधिको रुपमा पनि काम गर्दै आएका छन् । तर, अहिले आदिवासी जनजातिसंँगै रैथाने बालीको अस्तित्व सङ्कटमा परेको छ’, पाठकले भनिन् । रैथाने बालीको संरक्षण गर्न प्रदेशसभामा छलफल भइरहेको र नीति बनाउन तयारी रहेको समेत उनले जानकारी दिइन् ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानकी विष्णुकुमारी चौधरीले जनजाति र आदिवासीसंँग प्रकृतिको नङ र मासुको सम्बन्ध रहेको भन्दै खेतीयोग्य जमिन, उर्वरा भूमि बनाउन आदिवासी जनजातिको मह¤वपूर्ण भूमिका रहेको बताइन् । रैथाने बाली संरक्षणका लागि सरोकार निकाय, सरकार सबैले हरेक टोल, गाउंँमा गएर अभिमुखीकरण गर्नुपर्नेमा उनले जोड दिइन् ।
कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्रा.डा. शारदा थपलियाले रैथाने बाली र आदिवासी जनजाति एकअर्कामा परिपूरक रहेको बताइन् । रैथाने उत्पादनलाई पुनस्र्थापना गर्नुपर्ने बताउंँदै उनले यसलाई जोगाउन विश्वविद्यालय हातेमालो गर्न तयार रहेको बताइन् ।
नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष युवराज जिरेलले आदिवासी जनजातिहरुले नै रैथाने बालीको उत्पादन गर्दै आएका र यसको रक्षा गर्ने प्रमुख दायित्व पनि यही समुदायको रहेको बताए । रैथाने बालीलाई सजिलै विकसित मुलुकमा लैजाने प्रबन्ध मिलाउनुपर्ने भन्दै रैथाने बालीको बीउविजन संरक्षण गरेर आत्मनिर्भर हुनुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा एफएओका नेपाल र भुटानका प्रतिनिधि केन सिमिजोले संस्थाले जलवायु परिवर्तनले रैथाने बाली तथा हिमाललाई पारेको असर एवं आदिवासी जनजातिलगायतका मुद्दालाई उठाउंँदै आएको बताए । अर्का वक्ता योंग फर्नान्जेले कार्यपत्र प्रस्तुत गर्दै विश्वमा आदिवासी जनजातिको अवस्था र उनीहरुको अधिकारका बारेमा जानकारी दिए । कार्यशाला पांँच दिनसम्म चल्नेछ ।






