चितवनः जिल्लामा लगाईएको मकैमा अमेरिकन फौजीकिराको प्रकोप देखिएको छ । जिल्ला कृषि बिकास कार्यालय चितवनमा दैनिक ४ देखि ५ जना किसान फौजीकिराको समस्या लिएर आउने गरेका छन् ।
कार्यालयकी बागबानी बिकास अधिकृत स्वस्तिका चौहानका अनुसार अहिले जिल्लाका हरेक क्षेत्रमा लगाईएका मकैमा यो समस्या देखिएको छ । उहाँले भन्नुभयो “यहाँ हरेक समय मकै लगाईने गरेको हुँदा फौजीकिराको प्रकोप देखिएको हो ।” मकैको सानो तथा ठूलो बिरुवामा यो समस्या देखिने गरेको उहाँले बताउनुभयो । जिल्लामा बाह्रै महिना मकै लगाउने गरिन्छ । उहाँले थप्नुभयो “यहाँ कतै मकै पाकेको छ भने कतै लगाउँदै गरेका छन् । सिजन अनुसारको मकै र बेमौसमी मकै खेती हुने हुँदा यसको आक्रमण वढेको हो ।” जमिन खालि नहुने र बाह्रै महिना मकै लगाउने गर्दा समस्या भएको उहाँको भनाई छ । धानमा पनि फौजीकिरा देखिने भएकाले हरेक सिजनमा यसको आक्रमण हुने उहाँले बताउनुभयो ।
अमेरिकन फौजी किरा पुतली वर्गको रात्रीचर किरा हो । यसको लार्भाले बालीमा कोतरेर खाएर नोक्सान गर्ने गर्दछ । मकैबाली मनपराउने यस किराले मकै नपाए धान, गहुँ, कोदो आदि बालीमा समेत क्षेती पु¥याउने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यस किराको लार्भाले मकैको पात गुभो, घोगा तथा डाठमा समेत क्षती पु¥याउने गर्दछ । यसले कलिालो अबस्थाको मकैको गुभोमा असर गर्छ भने बिरुवा वढ्दै गए पछि पातमा प्वाल पार्ने र छिया छिया वनाउने गर्दछ ।
चौहानले पुराना मकैका ठूटाहरुलाई आगो लगाएर जलाउन, मकै भाँचि सकेपछि खेतबारीलाई गहिरो संग खनजोत गर्न, मकै उम्रेदेखि नियमित रुपमा खेतबारीको अबलोकन गरी किरोको बारेमा बुझ्न सुझाब दिनुभयो । उहाँका अनुसार मकैलाई कोशेबालीसंग अन्तर बालि लगाउँदा प्रकोप कम हुने, पासोबालीको रुपमा नेपियर घाँसको प्रयोग गर्न, किराको प्रकोप देखिएमा नीमजन्य बिषादी प्रयोग गर्न पनि सुझाब दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !