चितवनः मनकामना दर्शन गर्न आएका एक भारतीय नागरिकको शौचालयमा लडेर मृत्यु भएको छ । भारतको गुजरात पालनपुर वस्ने ६५ बर्षिय मन्नु प्रसाद भट्टको मनकामना दर्शन प्रा.ली.को शौचालय भित्र लडेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रविन्द्र खनालका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा रहेको मनकामना केवुलकारको स्टेसनमा रहेको शौचालयमा लडी अचेत अबस्थामा फेला परेका थिए । उनका आफन्तले उपचारका लागि स्थानीय इच्छाकामना आधारभूत अस्पतालमा लगिएकोमा आज बिहान ९ः४४ वजे उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस !