चितवनः ३६ औं जनआन्दोलन दिवसको अवसर पारि आज यहाँ युवा दौड सम्पन्न गरिएको छ । भरतपुरको गोन्द्राङ्ग देखि चौविसकोठी सम्मको ६ लेन सडकमा युथ रेस नामबाट युवा दौड गरिएको हो ।

नेकपा माओवादी केन्द्र निकट योङ् कम्युनिष्ट लिग नेपाल चितवन, अखिल क्रान्तिकारी चितवन, अखिल नेपाल ट्रेड युनियन महासंघ चितवन र अखिल नेपाल खेलकुद महासंघ चितवनको संयु्क्त आयोजनामा गरिएको दौडमा पुरुष तर्फ कालिका नगरपालिकाका सुनिल बि.क. प्रथम हुनु भएको छ । यस्तै भरतपुर महानगरपािलका वडा नम्बर ९ का सन्दीप वराल दोस्रो र वडा नम्बर १२ का प्रमित थापा मगर तेस्रो हुनुभएको छ । उहाँहरुले क्रमश रु ७ हजार , ३ हजार र २ हजार नगद प्राप्त गर्नुभएको छ । दौडमा सहभागी मध्ये उत्कृष्ट १० जनालाई जनही रु १ हजारका दरले सम्मान गरिएको छ ।

महिला तर्फ मेघौलीकी स्वस्तिका चौधरी प्रथम हुनु भएको छ । राप्ती नगरपालिकाकी जेशिका लामिछाने दोस्रो र अमिका दराई तेस्रो हुनु भएको छ । उहाँहरुले क्रमश रु ७ हजार , ३ हजार र २ हजार नगद प्राप्त गर्नुभएको छ । दौडमा सहभागी मध्ये उत्कृष्ट १० जनालाई जनही रु १ हजारका दरले सम्मान गरिएको छ ।

कार्यक्रममा नेपाल कमयु्निष्ट पार्टी माओवादी (केन्द्र)की केन्द्रीय सदस्य कञ्चन खनालले गणतन्त्रको बिकल्प अन्य केही हुन नसक्ने बताउनुभयो । पछिल्ला दिनहरुमा प्रतिगमनकारी सलवलाउन थालेको भन्दै उहाँले गणतन्त्रमा देखिएका समस्या दलहरुले समाधान गर्दै यसलाई व्यवस्थीत गर्न आबश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा योङ् कम्युनिष्ट लिगका बागमती प्रदेश अध्यक्ष साजन अधिकारी, अखिल नेपाल ट्रेड युनियन महासंघ चितवनका संयोजक नवराज लामिछाने, योङ् कम्युनिष्ट लिगका जिल्ला अध्यक्ष दुर्लभ शाही लगाएतले अहिलेको व्यवस्थालाई सुदृढ गर्न आबश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !