चितवन: भरतपुर महानगरपालिका वडा नम्बर २० दद्राहानी पुलमा बिद्यार्थी लिन हिडेको बसमा पेट्रोलबम प्रहार गरिएको छ । आज बिहान ८ वजे स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६–००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम प्रहार गरि आगजनी गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक भेषराज रिजालका बिद्यालयबाट बिद्यार्थी लिन हिडेको बसमा अज्ञात समुहले पेट्रोलबम प्रहार गरेको हो । ६ जनाको समुहमा रहेका व्यक्तिहरुले बसका चालक र सहचालकलाई बाहिर निकालि बम प्रहार गरेको उहाँले बताउनुभयो । बम प्रहार गरे संगै बस जलेर पूर्ण रुपमा क्षती ग्रस्त भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अहिले घटनाको थप अनुसन्धान भईरहेको छ ।” घटना स्थलमा प्रहरी पुगि सकेको र घटनाको बिबरण लिने काम भईरहेको उहाँले बताउनुभयो ।






