चितवनः प्रज्ञा स्मृति साइक्लिङ एमटिवि एक्ससिओ क्रस कन्ट्री ओलम्पिक आज यहाँ सम्पन्न भएको छ । ६ विधामा गरिएको प्रतियोगितामा ६ खेलाडीले उपाधी हात पारेका छन् । तेस्रो संस्करणमा आयोजना गरिएको पुरुष ईलिट तर्फ सिन्धुपाल्चोक घर भएका सशस्त्र प्रहरीका सुरज राना मगरले निर्धारित दुरी १ घण्टा १४ मिनेट ४८ सेकेण्डमा पार गर्दै पहिलो भएको कार्यक्रमका संयोजक सन्तु दराईले जानकारी दिनुभयो ।
उहाँले उपाधि सँगै नगद रु ५० हजार मेडल र प्रमाणपत्र प्राप्त प्राप्त गर्नुभएको छ । यस्तै कन्ञ्चनपुरका हिमाल तामाङले निर्धारित दुरी १ घण्टा १४ मिनेट ५५ सेकेण्डमा पार गर्दै दोस्रो स्थान हासिल गर्नुभयो । उहाँले नगद रु ४० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । तेस्रो स्थान धादिङमा लक्ष्मण मल्लले प्राप्त गर्दै नगद रु ३० हजार मेडल र प्रमाणपत्र हात पार्न सफल हुनुभयो ।
गणेशधाम स्थित पुन्यवती तालको वरपर ४ दशमलब ५ किलोमिटर परिधिभित्रको रेस र्कोषमा १ घण्टा १५ घण्टा रेस समय तोकिएको थियो । जसमा प्रतियोगिले ७ पटकसम्म परिक्रमा गराईएको थियो ।
महिला ईलिटतर्फ काठमाडौँकी उषा खनालले एक घण्टा १६ मिनेटमा सो दूरी पार गर्दै महिला तर्फको पहिलो उपाधि हासिल गर्नुभयो । काठमाडााकी लक्ष्मी मगरले १ घण्टा १८ मिनेट २३ सकेन्डमा निर्धारित दूरी पार गरी दोस्रो बन्नुभयो । पाँचथरकी इन्द्रकला नेबाङले १ घण्टा २१ मिनेट ३७ सकेन्डमा निर्धारित दूरीपार गर्दै तेस्रो बन्न सफल हुनुभयो ।
स्व. ज्ञानु दाहाल र प्रकाश दाहालको स्मृतिमा स्थापना भएको प्रतिष्ठानले हरेक वर्ष साइक्लिङ म्याराथनको आयोजना गर्दै आएको छ । पुरुष ईलिट तर्फ प्रथम सिन्धुपाल्चोकका सुरज राना मगर र महिला ईलिटतर्फ प्रथम काठमाडौँकी उषा खनाल मलेसियामाल हुने एसियन प्रतियोगितामा सहभागी हुन अवसर समेत प्राप्त गर्नुहुने कार्यक्रमका सहसंयोजक रविन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै पुरुष मास्टरतर्फ सिन्धुपाल्चोकका हर्कबहादुर लामाले निर्धारित दूरी एक घण्टा ११ मिनेट ४४ सकेन्डमा पार गर्दै उपधि हात पार्नुभयो । काठमाडौका विकास महर्जनले एक घण्टा १४ मिनेट २९ सेकेन्डमा पार गर्दै दोस्रो र बाँकेका देवबहादुर बोहराले १ घण्टा १९ मिनेट ५ सेकेन्डमा पार गर्दै तेस्रो स्थान हात पार्नु भयो ।
यसैगरी पुरुष जुनियरतर्फ उदयपुरका निमा शेर्पाले एक घण्टा ११ मिनेट ५७ सेकेन्डमा निर्धारित दूरी पार गरी प्रथम हुनुभयो । सुनसरीका सञ्जय राईले १ घण्टा १३ मिनेट ३७ सेकेन्डमा सो दूरी पार गरी दोस्रो बन्नुभयो भने मकवानपुरका राजिव ठाकुरले १ घण्टा २३ मिनेट २८ सेकेन्डमा पार गर्दै तेस्रो स्थान हात पार्नुभयो ।
यसैगरी चितवन विशेष पुरुष तर्फ प्रमित थापा प्रथम, हेम चन्द्र सुनारदोस्रो र कृष्ण घिमिरे तेस्रो स्थान हाँसिल गनुभयो । यसैगरी चितवन विशेष महिला तर्फ सुधा तिमिल्सीना प्रथम, मोसमी आले दोस्रो र जुना श्रेष्ठले तेस्रो स्थान हाँसील गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकासको रफ्तारमा अगाडि बढेको भरतपुरले खेलकुदको विकासमा समेत नयाँ फड्को मार्ने क्रममा रहेको बताउनुभयो । भरतपुरलाई साइकल सिटीका रूपमा विकास गर्न साइक्लिङ म्यानराथन महत्वपूर्ण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगितामा ८५ जना खेलाडीहरुको सहभागीता भएको थियो। प्रतियोगिताको बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गर्नुभएको थियो ।






