चितवनः अत्याधिक गर्मी बढेपछि चितवनको राप्ती नगरपालिकाका विद्यालय ६ दिनका लागि बन्द गरिएको छ । नगरपालिकाले आज एक सूचना प्रकाशित गरी जेठ २४ गतेसम्मका लागि विद्यालय बन्द गरिएको हो ।

नगरपालिकाका शिक्षा अधिकृतद्वारा जारी सूचनामा केही दिन यता गर्मी निकै बढेको र विद्यार्थीलाई विद्यालय आउन जान र पठनपाठनमा निकै असहजता सिर्जना भई स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले विद्यालय बन्द गरिएको उल्लेख छ ।

यही जेठ १९ गतेदेखि २४ गतेसम्म विद्यालय बन्द रहने सूचनामा जनाईएको छ । स्थानीय विदा र वर्षे विदाबाट कटौती हुने गरी विद्यालय बन्द गरिएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस !