चितवनः जिल्लामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १० का ६४ बर्षिय पुरुष रहेको स्वास्थय कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रमुख दुर्गा चापागाईका अनुसार निमोनियाका कारण चितवन मेडीकल कलेजमा उपचाररत उनलाई चैत ३० गते कोरोना सङ्क्रमण पुष्टि भएको हो । कोरोना सङ्क्रमणका कारण उनको शनिबार मृत्यु भएको हो ।
जिल्लामा अहिले दश जना सक्रिय सङ्क्रमित रहेको कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार भरतपुर महानगरपालिकामा आठ जना रत्ननगर नगरपालिका र कालिका नगरपालिकामा एक÷एक जना रहेका छन् । सङ्क्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !