चितवनः नेपाल रेडक्रस साेसाईटी उपशाखा गितानगरकाे आयाेजना तथा भरतपुर आँखा अस्पतालकाे सहयाेगमा गितानगरमा निःशुल्क आँखा सिविर सम्पन्न भएकाे । साे शिबिरमा ५ सय ७५ जनाकाे नि: शुल्क आँखा परिक्षण गरिएकाे थियाे ।
उपशाखाका सह सचिब एबं स्थानिय समाजसेबि उपेन्द्र पण्डितका अनुसार शिबिरमा सहभागी मध्ये २६ जनामा माेतियाबिन्दुकाे समस्या देखिएकाे छ । यस्तै १७० जनालाई निःशुल्क चस्मा बितरण गरिएकाे उहाँले जानकारी दिनुभयाे । नेपाल रेडक्रस साेसाईटी चितवन शाखाका सभापति हरि पाैडेलकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सेवा ग्राहीहरुले गाउँमानै शिविर ल्यायर सेवा दिएकाे भन्दै रेडक्रस र आँखा अस्पतालाई धन्यवाद दिएका थिए ।
प्रमुख अतिथि पाैडेलले समाजकाे सेवाका लागि स्थापित रेडक्रसले सामाजिक कामहरुलाई आफ्नाे मर्मकाे रुपमा काम गर्ने वताउनुभयाे ।कार्यक्रम संयाेजक सराेज काेईरालाकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे

प्रतिक्रिया दिनुहोस !