चितवनः नारायणगढ मुग्लिन सडक खण्डमा ट्रिपर र माईक्रोबस ठक्कर खाँदा १६ जना घाईते भएका छन् । सडक खण्डको सिमलतालमा रोकी राखेको ना ६ ख ४४९० नम्बरको ट्रिपरमा र नारायणगढबाट काठमाडौं तर्फ जाँदै गरेको बा ३ ख ५८९१ नम्बरको माईक्रो बस आज साँझ ठक्कर खाँदा उनीहरु घाईते भएका हुन ।
दुर्घटनामा परेर दुई जना गम्भीर घाईते भएका छन् । अन्य मध्यम रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रबक्ता बिजयराज पण्डितका अनुसार घाईते मध्ये १० जनाको चितवन मेडीकल कलेजमा र ६ जनाको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको छ । दुबै सवारी साधनका चालक प्रहरीको नियन्त्रणमा रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !