चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले दुईवटा कन्टेनर नियन्त्रणमा लिएको छ । विल बिजक भन्दा बढी लत्ता कपडा ल्याएको भन्दै प्रहरीले ना ३ ख ५२५० र ना ३ ख ७६५६ नम्बरका कन्टेनर नियन्त्रणमा लिएको हो । ती कन्टेनर मंगलबार भरतपुर महानगरपालिका वडा नम्बर १० मालपोत चोकबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । हेटौडाबाट भरतपुरआई रहेका ती कन्टेनर नियन्त्रणमा लिईएको हो । नियन्त्रणमा लिईएका कन्टेनरलाई आबश्यक कारवाहिका लागि राजस्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर पठाईएको उहाँले बताउनु भयो ।





