चितवन: जिल्लामा रहेका १ लाख ३७ हजार भेडाबाख्रालाई पिपिआर रोग बिरुद्धको खोप दिन सुरु गरिएको छ । भेटेरेनिरी अस्पताल तथा पशुु सेवा बिज्ञ केन्द्र भरतपुरका डा. प्रभात न्यौपानेका अनुसार जिल्लामा रहेका सातै पालिकामा पालिएका भेडाबाख्राहरुमा खोप दिन लागिएको हो । खोप अभियान सोमबारबाट सुरु भएको हो । अभियान एक सात चल्ने छ ।
खोप बाख्रामा देखिने स्वास प्रश्वासको समस्या समाधानका लागि यो खोप दिने गरीएको उहाँले बताउनुभयो । केन्द्रले निःशुल्क खोप उपलव्ध गराउँदै आएको छ । पिपिआर भेडाबाखामा विषाणुको कारण हुने महामारी रोग हो । नेपालमा बि. सं. २०५०÷५१ सालमा पहिलो पटक देखापरी त्यसपश्चात यस रोगको प्रभावले ठूलो क्षति व्यहोर्न परेको थियो ।
यो रोगबाट हुन सक्ने क्षति न्यूनिकरण गर्न आ. व. २०५८÷५४ देखि खोप सेवा सञ्चालन हुदै आएको उहाँले जानकारी दिनुभयो । रोगी भेडाबाखाको प्रत्यक्ष सम्पर्कमा आउनाले वा बिषाणुको लसपस भएको दाना, घाँसपात, सोत्तर, हेरचाह गर्ने व्यक्तिको माध्यमबाट सर्ने गर्दछ । यो रोग लागेका बाख्रा वा भेडामा ज्वरो आउने, झोक्राउने, थुतुनो सुख्खा हुने, घाँसपात नखाने, र उग्राउन छाड्ने जस्ता लक्ष्यण देखा पर्ने न्यौपानेले बताउनुभयो । उहाँका अनुसार आँखामा कचेरा लाग्ने, नाकबाट बाक्लो सिगान बग्ने, गिजा र मुख भित्र घाउहरु देखिने, तेरौटी लाग्ने बथानमा एकैपटक धेरै बिरामी पर्ने जस्ता लक्ष्यण देखिने गरेको छ ।
रोगबाट बचाउन कृषकहरुले बाहिरबाट ल्याएका भेडाबाखालाई कम्तिमा पनि १० दिनसम्म घरगोठमा रहेका पशुवस्तुतन नमिसाई अलग्गै राख्ने, त्यस अवधिमा रोगका कुनै लक्षण नदेखिएमा मात्र बथानमा मिसाउने, रोगी पशुलाई एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार नगर्ने, रोगी भेडाख्रालाको हेरचाह गर्ने व्यक्ति अन्य स्वस्थ्य भेडाख्राबाको हेरचाह गर्नु पर्द हातखुट्टा धोएर तथा लुगा कपडा, जुत्ता चप्पल फेरेर मात्र गर्ने, आफ्ना भेडाबाखाहरुलाई हरेक ३÷३ वर्षमा अनिवार्य रूपमा पिपिआर खोग लगाउने, जैविक सुरक्षा कडाईका साथ अवलम्वन गर्नुपर्ने उहाँले बताउनभयो ।
खोप अभियानमा छुटेका भेडा बाख्राहरुलाई अभियान पछि समेत खोप दिईने उहाँले जानकारी दिनुभयो ।






