चितवन: इच्छाकामना गाउँपालिका वडा नम्बर ५ स्थित तीन नम्बर पुलबाट खसेर आज एक बृद्वको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ६० वर्षिय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका अनुसार मुग्लिन वजारमा मागी खाइ हिड्ने उक्त पुरुष व्यक्ति त्रिसुली नदि किनारमा खसेको हो । पुलबाट खसेर घाइते उनको उपचारका क्रममा दिउसो २ वजे भरतपुर अस्पतालमा मृत्यु भएको हो । मृतकको नाम, थर र ठेगाना खुलेको छैन ।






