चितवनः चितवन मेडीकल कलेजले स्थापना गरेको “चितवन मेडीकल कलेज क्यान्सर इन्स्टिच्यूट” आजबाट सञ्चालनमा आएको छ । कलेजको १६ औं बार्षिकोत्सबको अबसरमा इन्स्टिच्यूट सञ्चालनमा ल्याईएको हो ।
इन्स्टिच्यूटको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य सचिब डा. रोशन पोख्रेलले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै उहाँले क्यान्सर रोगको उपचारमा प्रभावकारी रुपमा सेवा दिन नसकेको समयमा इन्चिचिउट स्थापना हुनुले उपचारमा देखिएका समस्या समाधानका लागि सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो “नेपाल सरकारको कार्यक्रम लागु भएको यस इन्स्टिच्यूटमा बिपन्न नागरीकहरुले समेत सेवा पाउने छन् ।” सरकारका कार्यक्रम लागु गर्दै रोग निवारणमा महत्वपूर्ण भूमिका खेल्न समेत चितवन मेडीकल कलेज सफल भएको उहाँको भनाई थियो । क्यान्सर रोगको उपचारका लागि बिरामी बाहिर जानु नपर्ने गरी सेवा दिन समेत उहाँले आग्रह गर्नुभयो ।
चितवन मेडिकल कलेज शिक्षण अस्पतालले भगिनी संस्थाका रुपमा “सिएमसी क्यान्सर इन्स्टिच्यूट” सञ्चालनमा ल्याएको हो । अस्पतालका कार्यकाकारी अध्यक्ष प्रा.डा. हरिशचन्द्र पोख्रेलले रेडियसनसँगै ब्राकिथेरापी, स्पेक्ट सिटी स्क्यान लगायत क्यान्सर उपचारमा आवश्यक अत्याधुनिक उपकरण जडान गरिएको बताउनुभयो । उहाँले क्यान्सरको उपचारका लागि महिनौं पालो कुर्नुपर्दा क्यान्सर झनै फैलिन सक्ने र त्यसले उपचारमा समेत समस्या खडा गर्न सक्ने भएकाले क्यान्सर पहिचान हुँने बित्तिकै उपचार शुरु गर्ने बताउनुभयो ।
एक सय सैयाको सो इन्स्टिच्यूट ६ तले रहेको छ । अस्पालत परिसरमा रहेको सो इन्स्टिच्यूटमा भारत, अमेरीका, चीनमा क्यान्सर उपचारमा काम गर्नुभएका अनुभबी विशेषज्ञ चिकित्सकहरुले उपचार गर्ने छन् । यस कलेजले सरकारले तोकेका ८ वटा बिपन्नका कार्यक्रमहरु चलाउने गरेको, मन्त्रालयको मापदण्ड पुरा गरी क्यान्सर इन्स्टिच्यूट निर्माण गरेको न्यौपानेले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा नेपाल सरकारको ए वर्गको प्रयोगशाला समेत सञ्चालनमा ल्याएको छ । यस इन्स्टिच्यूटले बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पताललाई सहयोगी भूमिका खेल्ने उहाँको भनाई थियो । उच्च स्तरीय प्रबिधिको जडान गरी इन्स्टिच्यूट सञ्चालनमा ल्याईएको हो । उहाँले भन्नुभयो “उपचार नपाएर बिदेश जानुपर्ने क्यान्सरका बिरामीहरुको समस्या अब समाधान हुने छ ।” उहाँले सरकारले पेटस्क्यान मेसीन खरिद गर्नुपर्ने र सरकारले नगरे सोको जिम्मा नीजि क्षेत्रलाई दिनु समेत आग्रह गर्नुभयो । सरकारले तोकेको मूल्यमा उपचार दिने गरी इन्स्टिच्यूट सञ्चालनमा ल्याईएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी निर्देशक डा. प्रदिप ज्ञावली, भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष राजु पौडेल, चिकित्सा शिक्षा आयोगकी निर्देशक डा. आरती शाह, नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिष्टार पुष्पराज खनाल, बिर अस्पतालका डा. कञ्चन अधिकारी, राजिप गान्दी क्यान्सर रिसर्च सेन्टरका निर्देशक डा. सुदिर रावलले क्यान्सर रोगको उपचारमा परिवर्तन आएको बताउँदै नीजि क्षेत्रबाट क्यान्सर अस्पताल बन्नु ठूलो उपलव्धि भएको बताउनुभयो । यहाँ बनेको यस इन्स्टिच्यूटले उच्च स्तरको उपचार सेवा दिन सक्ने बताउनुभयो । जनतालाई छिटो छरितो सेवा दिनका लागि इन्स्टिच्यूट कोशेढुङ्गा साबित हुने उहाँहरुको भनाई थियो । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष परमेश्वर खनाल, चितवन मेडीकल कलेजका निर्देशक डा. दयाराम लम्साल, इन्स्टिच्यूटका प्रमुख डा. सुबास ठाकुर लगाएतले बोल्नु भएको थियो ।

इन्स्टिच्यूटमा क्यान्सरका बहिरङ्ग सेवा, अन्तरंग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्राकी थेरापीलगायतका सेवा संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !