चितवनः कारागार कार्यालय चितवनमा रहेका जेष्ठ नागरीकलाई न्यानो कपडा बितरण गरिएको छ । मानब अधिकार एबं कैदी वन्दी न्यायिक सरोकार मञ्च नेपाल चितवनले आज यहाँ रहेका ५० जना जेष्ठ नागरीक कैदी बन्दीलाई न्यानो कपडा बितरण गरिएको हो ।
मञ्चका जिल्ला अध्यक्ष धनन्जय शर्मा खनालले कारागारमा रहनु भएका जेष्ठ नागरीक कुल प्रसाद पौडेललाई न्यानो कपडा बितरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । यस कार्यालयमा ७ जना महिला र ४३ जना पुरुष जेष्ठ नागरीक रकेका छन् । जाडो समयमा चिसोका कारण बिभिन्न किसिमका समस्या देखिन सक्ने भन्दै मञ्चले न्यानो कपडा बितरण गरेको हो ।
कारागार कार्यालय चितवनमा हाल ७८३ जना कैदी वन्दी रहेका छन् । उनीहरु संग आश्रीत ४ जना नावालवालीका रहेको कारागार प्रशासनले जनाएको छ । कार्यालयका प्रमुख कमल प्रसाद आचार्यका अनुसार २५ जनाको क्षमता रहेको महिला कैदी वन्दी गृहमा ५२ जना र २५५ जना क्षमता रहेको पुरुष कैदी वन्दी गृहमा ७३१ जना रहेका छन् । चिसोको समयमा उनीहरुलाई न्यानो कपडाको समस्या देखिएको भन्दै उहाँले अहिले जेष्ठ नागरीकहरुका लागि व्यवस्थापन भए पनि नदोहोरीने गरि सबैलाई उपलव्ध गराउन सके राम्रो हुने बताउनुभयो ।
कार्यक्रममा मञ्चकी केन्द्रिय उपाध्यक्ष लक्ष्मी खाँड, समाजसेवी टंकनाथ पौडेल लगाएतले बोल्नुभएको थियो ।






