चितवन/भरतपुर महानगरपालिका स्थित भरतपुर सेन्ट्रल हस्पिटल प्रा.लि र पृथ्वी राजमार्ग बस संचालन कम्पनी प्रा.लि विच संझौता भएको छ । यातायात सेवा संचालन गर्दा हुने दुर्घटनाका घाइते तथा अन्य बिरामीहरुको प्रभावकारी औषधि उपचार सुविधा लिने दिने सम्वन्धमा सम्झौता भएको हो ।
भरतपुर सेन्ट्रल हस्पिटलका कार्यकारी निर्देशक शोभाखर घिमिरे र पृथ्वी राजमार्ग बस संचालन कम्पनी प्रालिका क्षेत्रीय संयोजक कृष्ण प्रसाद खनाल विच संझौता भएको हो । यो संझौता आगामी २०८१ असार मसान्त सम्मको लागि रहेको छ । भरतपुर सेन्ट्रल हस्पिटलले २४ सै घण्टा सघन उपचार (आई. सि. यु) सहितको सेवा बिरामीहरुलाई दिदै आएको छ।





