चितवन: जंगली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २८ अन्द्राउली निवासी ७० वर्षिया भागिरथी सुबेदी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक विजयराज पण्डितका अनुसार घरको आगनमा आगो तापेर बसिरहनु भएकी सुबेदीलाई शनिबार बेलुकी ८ः३० वजे हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट घाईते सुबेदीको उपचारका क्रममा राती १०ः५० वजे भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !