चितवनः चितवन क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ । कृषि तथा वन बिज्ञान विश्वबिद्यालयमा गणना सुरु गरिएको हो । भरतपुर महानगरपालिका वडा नम्बर ६ को शहिद स्मृति मावि पारसनगर र दिबज्योती आधारभूत बिद्यालय देवनगरको क केन्द्रको मत गणना सुरु भएको हो ।
यस क्षेत्रमा ६५.४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिनुभयो । यस क्षेत्रमा एक लाख ४४ हजार २८३ मतदाता छन् । क्षेत्र नम्बर १ र २ को मत गणना भईरहेको छ । जिल्लाभर ४ लाख ८ हजार ३४२ मतदाता रहेका छन् । १ सय ६१ मतदान स्थलमा रहेका ४ सय ६० मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका हुन ।






