चितवन:निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहित सबैले पालना गर्नुपर्ने बताउनुभएको छ । नेपाल कानुन समाजले आज यहाँ आयोजना गरेको निर्वाचन आचार संहिता प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरुको भूमिका बिषयक कार्यक्रममा बोल्दै उहाँले राजनैतिक दलका नेताहरुको उपस्थितिमा बनाईएको आचार संहिता भएकाले सना र ठूला दल भन्ने कुरा नहुने बताउनुभयो ।
आचार संहिता कार्यान्वयनका लागि सरोकारवालाहरुको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “आचार संहित निर्वाचनको कार्यक्रममा सहभागीता जनाउने जो सुकैलाई पनि आचार संहिता लागु हुन्छ ।” दलका प्रतिनिधिहरुको सहमतीले आचारसंहिता वनेको बताउँदै उहाँले यो कार्यान्वयन गर्नु दल र उम्मेदवारहरु कतव्य हुने बताउनुभयो । आचार संहिता कार्यान्वयनका लागि सरोकारवाला निकाय संगै कर्मचारीहरु पनि चनाखो हुनु पर्ने उहाँले बताउनुभयो । आचारसंहिता कडाईका साथ पालना गराउन उहाँले कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । आचार संहिता स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त बातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि वनाईएको बताउँदै उहाँले यसले निर्वाचनको विश्वशनीयता कायम गर्ने बताउनुभयो ।
निर्वाचन आचार संहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री सबैधानिक निकाय र सो निकायका पदाधिकारी, प्रदेश सरकारका निकाय र सो का पदाधिकारी, स्थानीय कार्यपालिका र सो का सदसय, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरु, सुरक्षा निकाय, सुरक्षा कर्मी तथा कर्मचारीहरु, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, दल तथा तीनका भातृ संगठन देखि मतदाता सम्मलाई आचार संहिता लाग्ने भण्डारीले बताउनुभयो ।
प्रधानमन्त्री कार्यालयका सचिब धनराज ज्ञवालीले आचारसंहिता नैतिक कानुनी वन्धन भएकाले सबैले पूर्ण रुपमा पालना गर्नुपर्ने बताउनुभयो । आँफैले बनाएको नियमको आँफैले उल्घन गर्नु भनेको कानुनी दण्ड भएको भन्दै उहाँले यसले निर्वाचनमा हुने अपराध, दुव्र्यवहार, गलत अध्यास, डर धाक, धम्बी प्रलोभन जस्ता कार्य रोक्न सहयोग पुग्ने बताउनुभयो । निर्वाचन आचार संहिताका प्रमुख बिषयहरुः सरोकारवालाको भूमिका बिषयक कार्यपत्र प्रस्तुत गर्दै सचिब ज्ञवालीले आचार संहिता पालना भए नभएको अनुगमन गर्ने काम सबै पक्षबाट हुन जरुरी रहेको बताउनुभयो । निर्वाचनको मिति घोषणा हुनु अघि ठेक्का सम्झौता भएर सुरु भएका बिकास निर्माणका काममा भने आचार संहिता लागु नहुने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा संघ र प्रदेश सभा सदस्यको निर्वाचनमा खर्च र प्रचार–प्रसार बिषयमा कार्यपत्र प्रस्तुत गर्दै निर्वाचन आयोगकी उपसचिब लक्ष्मी शर्माले आयोगले निर्धारण गरेको खर्च भन्दा बढि रकम खर्च गर्न नपाईने बताउनुभयो । आयोगले रु २५ लाख देखि ३३ लाख सम्म भौगोलिक अबस्था अनुसार खर्चको निर्धारण गरेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा चितवनमा मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जिल्लामा आचार संहिता कार्यान्वयनका सवालमा उठेका प्रश्नहरुको जवाफ दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !