चितवन: मतदाता लाई धान थन्काउने चटाराे परिरहँदा निर्वनचनकाे मिति समेत नजिकिदै गएका छ । यहि मंसिर ४ गते हुने प्रतिनिध सभा तथा प्रदेश सभा निर्वाचनकाे मिति निजकिदै जाँदा उम्मेदवारहरु आफ्नाे पक्षमा मत माग्नका लागि धान बारिमा पुग्ने गरेका छन् ।
यसै क्रममा चितवन क्षेत्र नम्बर ३ प्रदेश सभा २ बाट उम्मेद्वार बन्नु भएका प्रा.डा.सूर्यकान्त घिमिरे मत माग्नका लागि जनताकाे घरदैलाेमा जाने क्रम जारी रहेकाे छ । उहाँले आफ्नाे निर्वाचन क्षेत्रका मतदाता भेट्नका लागि मतदाता भएकै स्थानमा पुग्ने गर्नु भएकाे छ । लाेकतान्त्रीक बाम गठवन्धनकाे तर्फबाट उम्मेद्वार वन्नु भएका घिमिरेले जनताकाे हक हितकाे पक्षमा काम गर्ने बताउनु भएकाे छ । कृषि क्रान्ति बिना देशकाे बिकास सम्भव नभएकाे भन्दै उहाँले कृषि क्षेत्रकाे समस्या सााधानका लागि बाम गठवन्धन बिजयी हुन जरुरी रहेकाे बताउनु भयाे ।
किसानहरुकाे समस्या समाधानका लागि राजनैतिक स्थिरता आबश्यक रहेकाे भन्दै उहाँले राजनैतिक स्थिरताका लागि गठवन्धनलाई मतदान गर्न आग्रह गर्नु भयाे । संबिधानकाे रक्षा र देशकाे बिकासका लागि अहिले गठवन्धनबाट निर्वाचनमा जानु परेकाे उहाँकाे भनाई थियाे । चितवन क्षेत्र नम्बर ३ मा बाम गठवन्धनका तर्फबाट प्रतिबद्धता पत्र समेत जारी गरिसकेकाे बताउँदै उहाँले गरिएकाे प्रतिबद्धता अनुसार काम गर्न आफुहरु तयार रहेकाे बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस !