चितवनः जिल्लामा कात्र्तिक १८ गते देखि मतदाता शिक्षा कार्यक्रम घरदैलोमा गरिने भएको छ । मतदाता शिक्षा जिल्ला स्तरिय समितिको आज यहाँ सम्पन्न बैठकले मतदाता शिक्षा कार्यक्रमलाई समुदाय स्तरमा लैजाने निर्णय गरेको हो ।

बैठकले मंसिर १ गते सम्म स्थानीय तहका सबै वडाहरुमा एकै साथ घरदैलो कार्यक्रमको व्यवस्था मिलाउन मतदाता शिक्षा सञ्चालक समितिलाई आबश्यक सहजिकरण गर्ने निर्णय गरेको छ । मतदाता शिक्षा सम्बन्धि सम्पूर्ण सरोकारवालाहरुसंग समन्वय गर्दै स्थानिय तहले आयोगको अनुमतिमा बिभिन्न संघ संस्था र निकायबाट सञ्चालन गर्ने मतदाता शिक्षा सम्बन्धि घरदैलो, घुम्ति टोली कार्यक्रमको समन्वय, सहजिकरण र अनुगमन गर्ने छ । जिल्लामा प्राप्त शिक्षा सामाग्री सरोकारवालाहरुलाई उपलव्ध गराई मतदाता शिक्षा सम्बन्धि अध्ययन, अनुसन्धानलाई आबश्यक सहयोग र समन्वय गर्ने बैठकले निर्णय गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भिमशेन कार्कीले जानकारी दिनुभयो । समितिको संयोजक प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्को अध्यक्षतामा बैठक बसेको थियो ।

मतदाता शिक्षाका लागि जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति रहेको छ भने पालिकामा प्रमुख प्रशासकीय अधिकृत र वडा तहमा वडा सचिबको संयोजकत्वमा समिति रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस !